महुली लघुवित्तको एफपीओ बाँडफाँड


काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत एफपीओ बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् । १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार  ११ : ०६ बजे