महुली लघुवित्तको एफपिओ बाँडफाँड


महुली लघुवित्तले निष्काशन गरेको थप जयाँ सेयर (एफपिओ) बाँडफाँड भएको छ । लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित सेयर ४७ हजार ५४४ आवेदकलाई १० कित्ताको दरमा बाँडफाँड गरिएको हो ।

बाँकी रहेको ९.१५ कित्ता सेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्नेे ४ हजार ८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप एक एक कित्ता र अर्का एक जनालाई ०.१५ कित्ता बाँडफाँड गरिएको लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

प्रति शेयर १०० रुपैयाँ अङ्कित दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयरहरु पुस ५ देखि ९ गतेसम्म निष्काशन गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सबै सेयरहरु बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

सेयर बाँडफाँडको नतिजा केही समय पश्चात केन्द्रिय निक्षेप प्रणालीको मेरो सेयरमा प्रकाशन हुनेछ ।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार  १४ : ३५ बजे