नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ११.१० अङ्कले घटेर २६५४.३५ अंकमा झरेको छ । बुधबार करिब ५० अंकले बढेको नेप्से बिहीबार भने दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो भने बिहीबार घटेर ७ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।
बिहीबार नेप्सेमा ३ सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर ८४ हजार सात पटक खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ रुपैयाँ को कारोबार भएको हो ।
बिहीबार ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको छ भने आठ कम्पनीको सेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको सेयर किनबेच भएको छ भने कारोबार भएका सेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया