सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: ७ चैत २०८१, बिहीबार  ०८ : ४३ बजे