काठमाडौँ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा बियरिस ट्रेन्ड कायम नै रहेको छ । आज सेयर बजार सूचकांक नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ६९.३१ विन्दुमा झरेको हो ।
कारोबारमा आएका कुल तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ सेयर ५५ हजार ४७६ पटक खरिदबिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १७५ वटा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । मिथिला लघुवित्तको सेयरमूल्य १९८ अंकले घटेर एक हजार ७८२ रुपैयाँ कायम भएको छ । भूगोल इनर्जीको सेयरमूल्य ९४.८० अंकले घटेर ८५३.२० रुपैयाँ भएको छ ।
बिहीबार कारोबारमा आएका कम्पनीहरु मध्ये डोल्ती पावरको सेयरमूल्य सर्वाधिक ६.९० प्रतिशतले बढेर ७२३.७२ रुपैयाँ पुगेको छ । यस्तै एशियन हाइड्रोपावरको सेयरमूल्य ५.६० प्रतिशत, सिन्धु विकास बैंकको सेयरमूल्य ५.०४ प्रतिशतले बढेको छ ।
आज टे«डिङ उपसूचक ०.२६ प्रतिशतले बढ्दा वित्त उपसूचक १.२६ प्रतिशतले घटेको छ । यस्तै र्निजीवन बीमा ०.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७० प्रतिशत, जलविद्युत ०.६९ प्रतिशत, लघुवित्त ०.६६ प्रतिशत, अन्य ०.५९ प्रतिशत, बैकिङ र होटल तथा पर्यटन समूह ०.४८ प्रतिशतले ओरालो लागेको छ ।
त्यसैगरी लगानी उपसमूह ०.२२ प्रतिशत, म्युचुअल फन्ड उपसमूह ०.३९ प्रतिशत, जीवन बीमा ०.०४ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा आज सर्वाधिक नेपाल रि–इन्स्योरेन्स कम्पनीको २८ करोड २१ लाख २८ हजार २३७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । साथै कारोबारमा आएको सेयर सङ्ख्याको आधारमा घलेम्दी हाइड्रोपावरको चार लाख ४५ हजार ८५३ कित्ता किनबेच भएको छ ।
प्रतिक्रिया