स्वाभिमान लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कूल ५.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने छ।

चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने छ।

प्रकाशित मिति: ८ चैत २०८१, शुक्रबार  ११ : ३७ बजे