बन्दीपुर केवलकारले बोलायो साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने


काठमाडौं । बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले साधारण सभा आह्वान गरेको छ । मङ्सिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस १४ गते बन्दीपुर परियोजना प्राङ्गणमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

आईपीओ निष्कासन प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १० चैत २०८१, आइतबार  १७ : २३ बजे