नेपालको कठोर र विविधतायुक्त भूभागका कारण यहाँका यातायात आवश्यकताहरू विशिष्ट प्रकारका छन् । एकातिर उकालो डाँडाकाँडा र घुमाउरो पहाडी बाटाहरू, अर्कोतर्फ भिडभाडयुक्त शहरी सडकहरू भएकाले गाडीहरू बलियो, भरपर्दो र दक्ष हुन आवश्यक छ ।
नेपालको बजारमा बलियो उपस्थिति बनाइसकेको कमर्सियल भेहिकलहरूको विश्वव्यापी अग्रणी फोटोनले लाइट ड्युटी ट्रकहरू ( एलडिटि) नेपाली बजारमा दोकप्रिय बन्दै गइरहेका छन् । सबै भौतिक चुनौतीहरू सामना गर्न डिजाइन गरिएका ति ट्रकहरु टिकाउ, अड्याप्टेबिलिटी र इनोभेसनमा केन्द्रित फोटोनका एलडिटिहरूले नेपालमा व्यवसाय र यातायात दुवै क्षेत्रका उच्च मागहरू पूरा गर्न सक्ने कम्पनीको दाबी छ ।
नेपाली बजारमा एक दशक बिताइसकेको फोटोन विश्वसनीयताको प्रतिक बनेको कम्पनीको दाबी छ । टीएम १ फोटोनको प्रमुख एलडिटि मध्येको एक रहेको जनाउँदै कम्पनीले पछिल्ला दुई वर्षदेखि यो नेपालको एलडिटि खण्डको शिर्ष स्थानको इलेक्ट्रिक ट्रक भएको दाबी गरेको छ ।
अहिले कम्पनी र ट्रान्सपोर्टरहरू वातावरणमैत्री र किफायती समाधान खोजिरहेका छन्, जसमा टिएम १ फ्युल पावर्ड ट्रकहरूको उत्कृष्ट र दिगो विकल्प बनेको कम्पनीको भनाई छ । इन्धनको मूल्य बढ्दै जानु, वातावरणप्रतिको चिन्ता बढ्नुले भीएमको प्रयोगतर्फ झुकाव बढिरहेका बेला यो इन्जिनले कम खर्चमा उच्च पर्फर्मेन्स दिने कम्पनीको दाबी छ ।
“टिएम १ ले उकालो बाटोमा समेत उत्कृष्ट पर्फर्मेन्स, स्टेबिलिटी र रिलायबिलिटी प्रदान गर्छ । साथै, यसको बेकिंग डेकलाई ८ फिटबाट १० फिटसम्म विस्तार गर्न सकिन्छ, जसले गर्दा प्रयोगकर्ताले फरक फरक आकारका सामानहरू सजिलै ओसार्न सक्छन् । यो विशेषताले फोटोनका ट्रकहरूलाई कृषि, रिटेल र ग्याँस वितरणमा अत्यधिक प्रभावकारी बनाएको छ,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
टिएम १ मा १.४ रहेको टनको लोडिंग क्षमताका कारण कृषि उपज, मलखाद र कृषि उपकरणहरू ओसार्नका लागि किसान, व्यापारी र व्यवसायीहरू माझ यो निकै लोकप्रिय रहेको कम्पनीको भनाई छ । त्यस्तै, यो ट्रक शहरी तथा ग्रामीण दुवै घरपरिवारका लागि अत्यावश्यक पानीका जार र एलपीजी सिलिन्डर जस्ता वस्तुहरूको वितरणका लागि पनि प्रभावकारी रूपमा प्रयोग गरिन्छ । मजबुत ढाँचा र व्यावहारिक लोड क्षमताले यसलाई दुर्गम भूभागमा पनि प्रभावकारी बनाउने कम्पनीको भनाई छ ।
फोटोनले उच्च पेलोड चाहनेहरुलाई लक्षित गर्दै दुई नयाँ अपग्रेड गरिएका एलडिटि मोडेलहरू ईऔमार्क र ईमिलर ल्याउन लागिएको जनाएको छ । ईऔमार्क ४ टन क्षमता भएको एलडिटि टिकाउ र स्टेबिलिटी सुनिश्चित गर्दै बढी वजन भएका सामानहरू ओसार्न चाहने व्यवसायहरूका लागि उपयुक्त हुने फोटोनको भनाई छ ।
२.२ टन क्षमता भएको ईमिलरले शक्ति र मोबिलिटीको हिसाबले मध्यम स्तरको विकल्प दिने जनाउँदै कम्पनीले यी मोडेलहरूले नेपालको यातायात क्षेत्रमा व्यवसायहरूका लागि अझ धेरै विश्वसनियता, मजबुत पर्फर्मेन्स र बढी अड्याप्टेबिलिटीको सम्भावना खोलिदिएको कम्पनीको दाबी छ ।
फोटोनका ट्रकहरू कठोर सडक परिस्थितिहरूको सामना गर्न निर्माण गरिएको भन्दै कम्पनीले आफ्ना गाडीहरुले दक्षता, ड्युरेबिलिटी र दिगोपन प्रदान गर्ने उल्लेख गरेको छ । बजारमा सामान र्पुयाउन फोटोनका एलडिटि प्रयोग गर्न चाहने कृषक, लजिस्टिक प्रदायक वा व्यवसायीहरूले यी गाडीहरूमा पर्फर्मेन्स र व्यावहारिकताको उत्कृष्ट सन्तुलन पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया