एक पाइला माथि उक्लिदै तल झर्दै गरेको नेप्सेमा आज सामान्य गिरावट


काठमाडौँ । पछिल्लो समयमा सेयर बजार परिसूचक नेप्सेमा ‘एक पाइला माथि चढ्दै, दुई पाइला तल झर्दै’ कथन प्रतिबिम्बित भएको छ ।

बुधबार ९.६६ अंकले उकालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार ५.५७ अंकले तल झरेर दुई हजार ६७०.६० विन्दुमा पुगेको हो ।

कारोबारमा आएका ३२१ कम्पनी मध्ये आज ११४ वटा कम्पनीको सेयरमूल्यमा हरियाली देखिएको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । यता बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्यमा भने ४.३७ प्रतिशतको गिरावट आएको छ ।

कुल एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच हुँदा आज नेप्सेमा पाँच अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फन्ड बाहेकको सबै समूहको सूचकमा गिरावट आएको छ । बिहीबार लघुवित्त सूचकांक ०.३८ प्रतिशत, म्युचुअल फन्ड ०.१५ प्रतिशत, जलविद्युत ०.०९ प्रतिशत र विकास बैंक सूचकांक
०.०३ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै आज बैंकिङ समूह ०.०९ प्रतिशत, वित्त समूह ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४१ प्रतिशत, लगानी समूह ०.२९ प्रतिशत, जीवन बीमा समूह ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८७ प्रतिशत, र्निजीवन बीमा समूह ०.२० प्रतिशत, अन्य समूह ०.९० प्रतिशत र व्यापार समूह ०.११ प्रतिशतले ओरालो लागेको छ ।

प्रकाशित मिति: २८ चैत २०८१, बिहीबार  १९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।