वर्षको अन्तिम दिन पनि घट्यो सेयर बजार


काठमाडौं । वर्षको अन्तिम दिन पनि सेयर बजार घटेको छ ।

८१ सालको अन्तिम दिन आज सेयर बजार परिसुचक नेप्से ८ दशमलव ६२ अंकले घटेर २ हजार ६६२ दशमलव ०८ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्से परिसुचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार कारोबार रकम ५ अर्ब ६३ करोड रहेकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ५४ हजार ३६१ पटक ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएका छन् ।

आइतबार गुडविल फाइनाइन्सको डिबेन्चर र नेपाल माइक्रो इन्सुरेन्सको सेयर सबैभन्दा बढि १० प्रतिशतले बढेको छ । यस्तै क्रिष्ट माइक्रो लाइफ इन्सुरेन्सको सेयर ९.९८ प्रतिशतले बढेको छ । यस्तै त्रिशुली जलविद्युत कम्पनीको सेयर ६.३० ले बढ्दा एनआइबीएलको स्टेबल फण्ड ५.२२ प्रतिशतले बढेको छ ।

यस्तै विन नेपाल लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यसैगरि बलेफि हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले घटेको छ । यस्तै सिन्धु विकास बैंकाको सेयर ९.०८ प्रतिशतले घटेको छ । यसैगरि गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर ४.७१ प्रतिशतले घट्दा न्यादि हाइड्रो पावरको सेयर ४.६५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: ३१ चैत २०८१, आइतबार  १७ : ३७ बजे