काठमाडौं, बैशाख ५ — यामाहा नेपालद्वारा आयोजित एक हप्ते ‘ब्लू फेस्ट’ काठमाडौँको भृकुटीमण्डपमा सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्म आयोजना गरिएको ब्लु फेस्ट अत्यधिक सहभागिताका कारण कार्यक्रम एक दिन थप गरी वैशाख ४ गतेसम्म सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
ब्लू फेस्ट अवधिभर यामाहाका बाइक तथा स्कुटरमा आकर्षक एक्सचेन्ज, फाइनान्सिङ सुविधा, नगद छुट, निःशुल्क एक्सेसरिज र “थ्रिल अफ थ्री” योजनामा कम्पनीले सहभागीलाई १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरेको थियो ।
साथै, टेस्ट राइड, गेमिङ जोन, लाइभ कन्सर्ट र काठमाडौँ रेजर्स खेलाडीहरूसँग भेटघाटले उत्सवलाई थप रोचक बनाएको हो ।
ब्लु फेस्ट आज सम्पन्न भएता पनि ‘थ्रिल अफ थ्री’ योजना देशभरका यामाहा डिलरशिपहरूमा अझै पनि उपलब्ध छ ।
प्रतिक्रिया