नेप्से परिसूचक घट्दा कारोबार रकममा समेत गिरावट


काठमाडौँ । सेयरबजार परिसूचक नेप्से १६.६८ अंकले घटेको छ । कारोबारको पहिलो दिन नेप्से १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका कुल ३२८ कम्पनी मध्ये १९२ कम्पनीको सेयरमूल्यमा गिरावट आउदा, ५३ कम्पनीको सेयरमूल्यमा भने वृद्धि देखिएको छ । यस्तै एक कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।

आइतबार कारोबारमा आएका कम्पनी मध्ये नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.४९ प्रतिशत, बोटलर्स नेपाल ६.११ प्रतिशत र राधी कम्पनीको सेयरमूल्य ५.९३ प्रतिशतले बढेको हो ।

यता हिमालयन पावरको सेयरमूल्यमा ७.३३ प्रतिशत गिरावट आएको छ भने बलेपी हाइड्रोपावरको सेयरमूल्य ७.२७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.९८ प्रतिशत, लुम्बिनी विकास बैंकको सेयरमूल्य ४.२९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.९० प्रतिशतले घटेको हो ।

आइतबार नेप्सेमा आएको गिरावटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आइतबार सो मूल्य घटेर ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ कायम भएको हो ।

समूहगत रुपमा आज व्यापार समूह १.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशतले बढेको छ । अन्य सबै समूहमा आज बियरिस ट्रेन्ड हाबी भएको छ । आज सर्वाधिक होटल तथा पर्यटन समूह १.३६ प्रतिशतले घटेको छ भने वित्त समूह १.२७ प्रतिशत, जलविद्युत समूह १.२२ प्रतिशत, अन्य समूह १.०३ प्रतिशत, जीवन बिमा समूह ०.८७ प्रतिशत, विकास बैंक समूह ०.७९ प्रतिशत, बैकिङ समूह ०.७० प्रतिशत, लघुवित्त समूह ०.५४ प्रतिशत, म्युचुअल फन्ड ०.२३ प्रतिशत, र्निजीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार बिहान बैंकहरुको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जसको प्रभाव सेयरबजारमा समेत देखिएको छ ।

प्रकाशित मिति: ७ वैशाख २०८२, आइतबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।