सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम खुम्चिँदै


काठमाडौँ । सेयर बजार परिसुचक नेप्से मंगलबार पनि घटेको छ । कारोबारको पहिलो दिन देखि नै निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से मंगलबार ९.९६ अंकले घटेको हो ।

साताको पहिलो दिन आइतबार १६.६८ अंकले ओरालो लागेको सेयर बजार सोमबार ७.७५ प्रतिशतले घटेको थियो भने मंगलबार नेप्सेमा ९.९६ अंकको गिरावट आएको हो ।

कारोबारमा आएका कुल ३१९ कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १६० कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावर ७.४७ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावर ५.३० प्रतिशत र नेपाल रि–इन्स्योरेन्सको सेयरमूल्य ४.८३ प्रतिशतले बढेको हो ।

यस्तै आज कारोबारका आधारमा न्यादी ग्रुप पावरको सर्वाधिक ४४ करोड ६० लाख ३७ हजार ९४६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । एनआईसी एसिया ब्यालेन्सड फन्ड ५.१८ प्रतिशतले घटेको छ । न्यादि ग्रुप पावरको सेयर मुल्यमा ३.८८ प्रतिशतले गिरावट आएको छ । हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभेलप्मेन्टको सेयर मुल्य ३.६९ प्रतिशतले घट्दा युनियन हाइड्रोपावरको सेयर मुल्य ३.७८ प्रतिशतले घटेको छ ।

समूहगत रुपमा मंगलबार अन्य समुहको सेयर मुल्य २.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समुहको सेयर मुल्य १.१८ प्रतिशत, होटल तथा पर्यटन समुहको सेयर मुल्य ०.७९ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मुल्य घटेको छ ।

सेयर बजार परिसूचक नेप्सेले निरन्तर ओरालो यात्रा तय गर्दा कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

प्रकाशित मिति: ९ वैशाख २०८२, मंगलबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।