काठमाडौँ । मंगलबार सेयर बजार परिसुचक नेप्सेमा दोहारो अंकको गिरावट आएको छ ।
प्रि–ओपनिङमा बढेको सेयर बजार क्रमिक रुपमा घट्दै बजार बन्द हुँदा १५.०८ अंकले घटेर २६३१.९८ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका ३११ ओटा कम्पनीहरु मध्ये ५७ ओटा कम्पनीको सेयर मुल्य बढ्दा १८८ ओटा कम्पनीको सेयर मुल्य घटेको छ ।
मंगलबार १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ६६ हजार २६५ पटक किनबेच हुदाँ ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँको कारोबार भएको छ ।
आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मुल्य ९.९९ प्रतिशत, भुगोल इनर्जीको सेयर मूल्य ९.०१ प्रतिशत, राधी विद्युत कम्पनीको सेयर मूल्य ७ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६३ प्रतिशतले बढेको छ ।
यस्तै मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ९.८८ प्रतिशत घटेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.७६ प्रतिशत, सिन्धु बिकास बैंकको सेयर मूल्य ६.६३ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ४.५९ प्रतिशत र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ४.०६ प्रतिशतले घटेको छ ।
मंगलबार म्युचिअल फन्ड समुहको सेयर मूल्य ०.०७ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया