काठमाडौँ । नेपालका लागि एसएमएल आइसुजु गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकलले चितवनमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ भव्य रुपमा सम्पन्न गरेको छ ।
जापानी प्रविधिमा आधारित तथा भारतमा निर्माण हुने एसएमएल आइसुजु ब्रान्डका गाडीहरूबारे जानकारी दिन ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ कार्यक्रम आयोजना गरेको हो । ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको कार्यक्रममा दुई सयभन्दा बढी सहभागी भएका थिए ।
कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलका सेल्स हेड सञ्जय खड्काले कम्पनीले भविष्यमा अझ गुणस्तरीय सेवा, बिक्रीपछिको सन्तोषजनक सुविधा र ग्राहक आवश्यकताअनुसार उत्कृष्ट गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
त्यस्तै, बस इन्जिनियर रामहरी थपलियाले एसएमएल आइसुजु गाडीहरूको प्राविधिक विशेषता र भरपर्दो प्रदर्शनबारे विस्तृत जानकारी दिए । कार्यक्रममा लक्ष्मी कमर्शियलको आधिकारिक डिलर ब्राण्डेड मोबाइल्सको सहकार्य रहेको थियो । ब्राण्डेड अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत इन्द्र प्रसाद रेग्मीले बिक्रीपछिको सेवामा उच्च प्राथमिकता दिने र ग्राहक सन्तुष्टिलाई अझ मजबुत बनाउने लक्ष्य राखेको बताए ।
एसएमएल आइसुजुले नेपाली बजारमा लाइट र मिडियम ट्रक, डम्पर, स्कुल बस तथा स्टाफ बस जस्ता विभिन्न क्षमता र प्रयोगका सवारीहरू उपलब्ध गराउँदै आएको छ । विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।
लक्ष्मी कमर्शियल भेहिकलले आगामी दिनमा पनि देशभर ग्राहक कैन्द्रित कार्यक्रम सञ्चालन गर्दै ग्राहकहरूसँग नजिकिँदै मूल्य प्रवद्र्धनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
प्रतिक्रिया