सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । बुधबार सेयर बजार परिसुचक नेप्से ८.१४ अंकले घटेको छ । यससँगै नेप्से २६२३. ८० विन्दु पुगेर बजार बन्द भएको छ ।

सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएता पनि आज कारोबार रकम भने बढेको छ ।

मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँँको सेयर किनबेच भएकोमा बुधबार कारोबार संख्या बढेसँगै ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

बुधबार कारोबारमा आएका ३१४ वटा कम्पनी मध्ये १०७ कम्पनीको सेयर मुल्य बढ्दा १३६ ओटा कम्पनीको सेयर मुल्य घटेको छ ।

आज २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा आज सर्वाधिक न्यादी ग्रुप पावरको सेयर कारोबार भएको छ ।

आज समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, विन नेपाल लघुवित्तको सेयर मूल्य ८.७७ प्रतिशत र स्यानर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ८.३६ प्रतिशतले बढेको छ ।

यस्तै भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.७६ प्रतिशत, तारागाँउ रेजेन्स होटलको सेयर मूल्य ३.७७ प्रतिशत, लक्ष्मी लघुवित्तको सेयर मूल्य ३.३८ प्रतिशत र सप्तकोशी डेभलपमेन्टको सेयर मुल्य ३.०५ प्रतिशतले घटेको छ ।

यस्तै हाइड्रोपावर समुहको सेयर मूल्य ०.६१ प्रतिशत, व्यापार समुहको सेयर मूल्य ०.४० प्रतिशत, म्युचुअल फन्ड समुहको सेयर ०.२३ प्रतिशत र लघुवित्तको सेयर मूल्य ०.०४ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।