केई अटो ग्लोबल कन्फरेन्समा लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले पाए ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड


काठमाडौं । केई मोटर्सका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले चीनको यिबिन सहरमा सम्पन्न ‘केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५’ मा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित भएका छन् ।

केई ब्रान्डका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमध्ये नेपालका दुई आधिकारिक बिक्रेता सम्मानित भएका हुन् ।

यस सम्मानले नेपालमा केई ब्रान्डको विस्तारमा आधिकारिक वितरकहरूको प्रभावकारी योगदान, भविष्यमा देखिएको उच्च सम्भावना र ग्राहक सन्तुष्टिलाई उजागर गरेको कम्पनीको भनाइ छ ।

लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले केई  ब्रान्डका नेपाली माटो सुहाउने गरी डिजाइन गरिएका नयाँ मोडेलका कारहरु सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

प्रकाशित मिति: १७ वैशाख २०८२, बुधबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।