काठमाडौं । एनआइएमबि स्टक मार्केट्सले नयाँ ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)’ औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
सेयर कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यका साथ तयार गरिएको नयाँ टिएमएस वैशाख १४ गतेदेखि सञ्चालनमा आएको हो ।
नयाँ टिएमएसको माध्यमबाट प्रयोगकर्ताहरूले अनलाइनमार्फत सेयर खरिदरबिक्री गर्दा वास्तविक समयमा अर्डर प्लेस गर्न सक्नेछन् । साथै, रियल टाइम अर्डर प्लेसमेन्ट र पोर्टफोलियो ट्रयाकिङ सुविधा पनि टिएमएसमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यस नयाँ प्रणालीको सुरुवातसँगै एनआइएमबिले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीको ठहर छ ।
एनआइएमबि स्टक मार्केट्स लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर कम्पनी हो ।
कम्पनीले ग्राहकमैत्री सेवा र प्रविधिमा आधारित कारोबारमार्फत पूँजी बजारको विकासमा निरन्तर योगदान दिँदै आएको छ ।
प्रतिक्रिया