थापाथलीमा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ सुरु हुँदै, विद्युतीय सवारीमा विशेष छुट र उपहार


काठमाडौं । विद्युतीय सवारी साधनको प्रर्वद्धनका लागि लक्ष्मी ई–मोबिलिटी र जी.ओ.अटोमोबाइल्सले संयुक्त रुपमा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । थापाथली स्थित केई शोरुमको छेउमा आगामी वैशाख २६ गतेदेखि २८ गतेसम्म ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना हुने भएको हो ।

केई नेपालले आयोजना गर्न लागेको यस एक्सचेन्ज कार्निभलमा ग्राहकहरूले पुराना सवारी साटेर काईयीका ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो ईभीजस्ता विद्युतीय सवारीमा विशेष छुट पाउने कम्पनीले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणमा तत्कालीन सवारी मूल्याङ्कन, नगद छुट, बिमा तथा सडक कर सुविधा, साथै साटासाट बोनस उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्याङ्कन गराउने प्रत्येक ग्राहकले दुई जनाका लागि क्यूएफएक्स टिकट पनि प्राप्त गर्न सक्नेछन् ।

यस्तै केईको ई–क्युट गाडी खरिद गर्ने ग्राहकले गर्दा बोश जेट कार वासर र एक्स ३ प्रो खरिद गर्ने ग्राहकले बोश वासिंग मेसिन उपहार पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै कार्निभलमा संगीत, खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू समेत राखिएको आयोजकले जनाएको छ । यो कार्निभल विद्युतीय सवारी र स्वच्छ तथा स्मार्ट यातायातलाई प्रर्वद्धन गर्ने अभियानको हिस्सा रहेको आयोजकको भनाइ छ ।

चीनको सिचुआन प्रान्तको यिबिन सहरमा मुख्यालय रहेको केई अटोले हाल विश्वका विभिन्न देशहरूमा विद्युतीय र इन्धनयुक्त सवारीसाधन उत्पादन र निर्यात गर्दै आएको छ । नेपालमा भने केई ब्रान्डका कारहरु जी.ओ. अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीमार्फत बिक्रीवितरण हुँदै आएको छ ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।