काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा बियरिस ट्रेन्ड कायमै देखिएको छ । अघिल्लो सातादेखि नै निरन्तर घटिरहेको नेप्से आइतबार ३.४४ अंकले घटेर २६२०.२९ विन्दुमा पुगेर बन्द भएको छ ।
यस अघि गत बुधबार नेप्से ८.१४ अंकले घटेको थियो । यस्तै गत मंगलबार १५.०८ अंकले ओरालो लागेको बजार गत सोमबार १४.५३ अंकले घटेर बन्द भएको थियो । आजपनि सेयरबजार झिनो अंकले घटेर बन्द भएको छ ।
आइतबार कारोबारमा आएका ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ८१ हजार ९८५ पटक किनबेच हुँदा सेयर बजारमा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य र ओम मेघाश्री फर्मासिटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उपर सोलु हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत बढ्दा सपोर्ट माइक्रोफाइनान्स ८.८१ प्रतिशतले बढेको छ ।
यता विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावरको सेयर मूल्य ७.५५ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य ६.१५ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको सेयर मूल्य ५.९६ प्रतिशत र बाराही हाइड्रोको सेयर मूल्य ५.८९ प्रतिशतले घटेको छ ।
आइतबार अपि पावरको सबैभन्दा बढि ३ हजार ७२८ कित्ता किनबेच भएको छ । करोबार रकमका आधारमा सानिमा माई हाइड्रो पावरको सर्बभन्दा बढि ६० करोड ४८ लाख ६६ हजार ९६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया