लगातार आरालो लागेको सेयर बजारमा झिनो अंकको वृद्धि


काठमाडौँ । विगत एक हप्ता देखि लगातार घटेको सेयर बजार परिसुचक नेप्से मंगलबार सामान्य बढेको छ ।

मंगलबार नेप्से १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुगेको हो ।

मंगलबार सबैभन्दा बढि व्यापार समुह २.०७ प्रतिशतले बढेको छ । जलविद्युत समुह १.५४ प्रतिशतले, निर्जीवन समुह ०.६६ प्रतिशत, जीवन बिमा समुह ०.३३ प्रतिशत र उत्पादन तथा प्रशोधन समुह ०.३२ प्रतिशतले बढेको छ ।

यता, अन्य समुह १.४० प्रतिशतले घटेको छ । यस्तै वित्त समुह १.१० प्रतिशत, विकास बैंक समुह ०.९० प्रतिशत, लगानी समुह ०.४० प्रतिशत, लघुवित्त समुह ०.१७ प्रतिशत र म्युचुअल फन्ड समुह ०.०४ प्रतिशतले घटेको छ ।

आज सेयर करोबारका आधारमा सबैभन्दा बढि ङादी ग्रुप पावरको १७ लाख ४७ हजार ५८१ कित्ता सेयर ४ हजार ६५९ पटक खरिद बिक्री भएको छ ।

कारोबार रकमका आधारमा सानीमा माई हाईड्रोपावरको ९२ करोड ८९ लाख ७२ हजार ७६६ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९८ प्रतिशत रिदि पावरको सेयर मूल्य ९.६० प्रतिशत र बुटवल पावर कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले बढेको छ ।

यता विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । हिमालयन पावरको सेयर मूल्य ५.१८ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.१५ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ को सेयर मूल्य ४.३३ प्रतिशतले घटेको छ ।

मंगलबार ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार कित्ता सेयर ८० हजार ५४ पटक किनबेच हँदा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: २३ वैशाख २०८२, मंगलबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।