काठमाडौं । इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्न लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रुपमा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् ।
आगामी २६ देखि २८ बैशाख (मे ९–११) सम्म काठमाडौंको थापाथलीस्थित केइ शोरुममा आयोजना हुने यो मेलामा सहभागीले ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।
कर्निभलमा पुराना गाडीको मूल्यांकन गराउन सकिने कम्पनीले जनाएको छ । यसका साथै क्यास डिस्काउन्ट, इन्स्योरेन्स तथा सडक करको सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने विज्ञप्तिमा उल्लेख छ ।
हरेक मूल्यांकनमा सहभागीले दुई जना लागि निःशुल्क क्युएफएक्स सिनेमा टिकट प्राप्त गर्नेछन् ।
यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले ई–क्युट ०२ र ०४ मोडलका कारहरूमा विशेष छुट तथा बोनस र एक्स ३ प्रो इभी बुकिङ गर्दा ग्राहकले बोस्च वासिङ मेसिन र ई–क्युट गाडी खरिदमा बोस्च जेट कार वासर प्राप्त गर्न सक्नेछन् ।
एक्स ३ प्रो एसयुभीको मूल्य ४३ लाख ९६ लाखदेखि सुरु हुने र यसमा अधिकतम ६ लाख ५ हजार रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
परिवारका लागि रमाइलो मनोरञ्जन, संगीत, खेलहरू र गतिविधिहरूले भरिएको यो कर्निभल विद्युतीय कार प्रेमीहरूका लागि रमाइलो अवसर हुने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया