काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको खुद नाफा भने ५ हजार ७९९.८८ प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पानीले ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा वृद्धि भएको हो ।
कम्पनीको विद्युत बिक्री आम्दमनीमा पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमाफृत १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.०९ गुणा रहेको छ।
चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।
प्रतिक्रिया