नागरिक लगानी कोषको खुद नाफा ८९ करोड ९० लाख रुपैयाँ


काठमाडौँ ।  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेर २४ करोड १ लाख रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशतले बढेर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८८ लाख र कुल खर्च ३९.३६ प्रतिशतले बढेर ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।

चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।