काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ६३८.६४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले खुद आर्जिन बीमाशुल्क ३४६.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १९८.७२ प्रतिशतले बढेर २३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८३.१५ प्रतिशतले बढेर १३ करोड ९ लाख रुपैयाँ र कुल खर्च १९०.५९ प्रतिशतले बढेर २२ कारेड ४२ लाख रुपैयाँ पुगेको छ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ भने इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।
चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ , महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया