काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ३२.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २० करोड ६४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले एक करोड २८ लाख ८४१ रुपैयाँ इम्पेरिमेन्ट चार्ज व्यवस्थापन गरेको छ ।
नौ महिनामा ३७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३९ अर्ब २८ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको सञ्चालन आम्दानी १२ करोड २ लाख रुपैयाँ छ भने वितरण योग्य मुनाफा १८ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
सार्वजनिक भएको वित्तिय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ १४ पैसा छ । चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया