धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्दै एसबिआई बैंक


काठमाडौँ । नेपाल एसबिआई बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ ।

बैंकले समयमै साँवा, ब्याज भुक्तानी नगर्ने ऋणीहरुको सम्पत्ति लिलाम गर्न लागेको हो ।

बैंकका शाखा कार्यालयहरु (हरिवन सर्लाही, टेकु काठमाडौँ, पाटन ललितपुर र महेन्द्रनगर, कञ्चनपुर) मा धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरिने जनाएको छ ।

बैंकले आइतबार सूचना निकालेर इच्छुक खरिद कर्ताले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा आवेदन दिन भनेको छ ।

आवेदन फारम बैंकको प्रधान कार्यालय वा शाखा कार्यालयहरुमा १ हजार रुपैया तिरेर प्राप्त गर्न सकिने छ । लिलाम बिक्री सम्बन्धि सम्पुर्ण कार्यहरु आवेदन फारममा उल्लेख गरिए बमोजिम हुने बैंकले जनाएको छ । खरिद बिक्री सम्बन्धी सम्पुर्ण कार्य प्रचलित ऐन तथा कानुन बमोजिम हुने छ ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।