ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै “केई एक्सचेन्ज कार्निभल २०८२” वैशाख २९ गतेसम्म


काठमाडौँ । केई नेपालले ग्राहकहरूको अत्यधिक उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै “काईयी एक्सचेन्ज कर्निभल २०८२” लाई आगामी २९ वैशाख सम्मका लागि विस्तार गरेको घोषणा गरेको छ।

इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्न लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रुपमा आयोजना गरेको ‘केई एक्सचेन्ज कार्निभल २०८२’ ग्राहकहरुको सहभागिता बढेसँगै एक दिनका लागि कार्निभल थप गरिएको हो ।

थापाथलीस्थित केई शोरूममा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको यो विशेष एक्सचेन्ज कार्निभलमा ग्राहकहरूले आफ्नो पुरानो सवारी (कुनै पनि ब्रान्डको, पेट्रोलरडिजेल वा विद्युतीय) साटेर नयाँ काईयी ईभी खरिद गर्न सक्नेछन्।

केइ शोरुममा आयोजना हुने यो मेलामा सहभागीले ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

कर्निभलमा पुराना गाडीको मूल्यांकन गराउन सकिने कम्पनीले जनाएको छ । यसका साथै क्यास डिस्काउन्ट, इन्स्योरेन्स तथा सडक करको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने विज्ञप्तिमा उल्लेख छ ।

हरेक मूल्यांकनमा सहभागीले दुई जना लागि निःशुल्क क्युएफएक्स सिनेमा टिकट प्राप्त गर्नेछन् ।

यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले ई–क्युट ०२ र ०४ मोडलका कारहरूमा विशेष छुट तथा बोनस र एक्स ३ प्रो इभी बुकिङ गर्दा ग्राहकले बोस्च वासिङ मेसिन र ई–क्युट गाडी खरिदमा बोस्च जेट कार वासर प्राप्त गर्न सक्नेछन् ।

एक्स ३ प्रो एसयुभीको मूल्य ४३ लाख ९६ लाखदेखि सुरु हुने र यसमा अधिकतम ६ लाख ५ हजार रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

परिवारका लागि रमाइलो मनोरञ्जन, संगीत, खेलहरू र गतिविधिहरूले भरिएको यो कर्निभल विद्युतीय कार प्रेमीहरूका लागि रमाइलो अवसर हुने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: २८ वैशाख २०८२, आइतबार  १९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।