काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “इभल्भ टु रिड्डारा एक्सचेन्ज” (EVolve to Ridara Xchange) नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर रिड्डारा आरडी ६ इलेक्ट्रिक पिकअप केवल २० प्रतिशत डाउनपेमेन्टमा किन्न सक्ने सुविधा पाउनेछन्।
चीनको नम्बर १ इभी पिकअपको रुपमा चिनिएको रिड्डारा गीली अटो ग्रुपको प्रविधि र सिजी मोटर्सको दिगोपन प्रतिको प्रतिबद्धताको समिश्रण हो। ७३ किलोवाट–आवरको शक्तिशाली ब्याट्री र ४२४ किलोमिटरको दाबी गरिएको उत्कृष्ट रेंजसहित यो पिकअप नेपाली भूगोल अनुकूल डिजाईन गरिएको छ।
यस पिकअपमा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट गरी ७ वटा फरक ड्राइभिङ मोड उपलब्ध छन्, जुन यस सेग्मेन्टमा पहिलो पटक देखिएको विशेषता हो। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा प्रणालीले चालकलाई उच्च सुरक्षा र सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
ग्राहकको लगानीलाई थप मूल्यवान बनाउन, सिजी मोटर्सले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, ७ किलोवाट क्षमताको चार्जर र एक वर्षको सडक कर समेत निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ।
सिजी मोटर्सले यो अभियानले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने र वातावरणमैत्री तथा दीर्घकालीन यातायात समाधानप्रति नागरिकको झुकाव बढाउने विश्वास लिएको छ।
प्रतिक्रिया