काठमाडौँ । सेयर बजार परिसुचक नेप्से निरन्तर घट्दो क्रममा छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से परिसुचक मंगलबार पनि १४.८७ अंकले घट्दा बजार २६३४.२३ बिन्दुमा पुगेको हो ।
प्रि–ओपनिङमा उकालो लागेको सेयर बजार २६६९.२८ विन्दुमा पुगेपछि आरालो लागेर २६३४.२३ विन्दुमा पुगी बजार बन्द भएको हो ।
मंगलबार कारोबारमा आएका ३१४ वटा कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर १ लाख २ हजार ४४५ पटक किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनी मध्ये ७७ कम्पनीहरुको सेयरमूल्य बढ्दा १६८ कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्रीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै जोशी हाइड्रो पावरको सेयर मूल्य ६.७३ प्रतिशत, उन्नती सहकार्य लघुबित्तको सेयर मूल्य ५.८० प्रतिशत र लुम्बिनी बिकास बैंकको सेयर मूल्य ४.२६ प्रतिशतले बढेको छ ।
यता, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ । बुटवल पावरको सेयर मूल्य ४.३१ प्रतिशत, सिक्लेस हाइड्रो पावरको सेयर मूल्य ४.२७ प्रतिशत, हिमालयन उर्जा बिकासको सेयर मूल्य ४ प्रतिशत र राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य ३.९९ प्रतिशतले घटेको छ ।
यस्तै समुहगत आधारमा जीवन बीमा समुह ०.९५ प्रतिशत, विकास बैंक समूह ०.८८ प्रतिशत र उत्पादन तथा प्रशोधन समुह ०.३४ प्रतिशतले बढ्दा अरु सबै समुहमा गिरावट आएको छ । आइतबार कारोबार रकमका आधारमा सबैभन्दा बढी युनिभर्सल पावरको ६७ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया