काठमाडौँ । सिद्धार्थ बैंकले डिजिटल कारोबारलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ ।
यो सेवा मार्फत बैंकसँग आवद्ध व्यवसायी (मर्चेन्ट)हरूले भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपाल तथा विदेशमा रहेका ग्राहकहरूसँग सिधै अनलाइन भुक्तानी लिन सक्नेछन् । यसले विशेष गरी ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था (एनजीओ) जस्ता कम्पनीलाई डिजिटल माध्यमबाट छिटो र सुरक्षित भुक्तानी लिन थप सहजता प्रदान गर्ने बैंकको ठहर छ ।
यससँगै भित्रिएको नयाँ प्रणालीको उपयोगबाट कार्डलाई भौतिक रुपमा प्रयोग गर्नुपर्ने झन्झट हट्ने भएको छ । ग्राहकले घरमै बसेर सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने हुँदा, सेवा दिने व्यवसायहरूका लागि यो प्रविधि समय र स्रोतको बचत गर्ने उपाय पनि हुने बैंकले जनाएको छ ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको लक्ष्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनु मात्रै नभई, बैंकका मर्चेन्टहरूलाई व्यापारिक रूपमा सशक्त बनाउनु बैंकको उद्देश्य रहेको छ ।
सेवाको थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत आवश्यक परामर्श लिन सक्नेछन् ।
प्रतिक्रिया