काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालन गरेको ‘खुसीको मिटर’ क्याम्पेन अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरेको छ।
देशभरिका हजारौं सहभागीहरूबीच गरिएको निष्पक्ष लक्की ड्र बाट विराटनगरका मोसीम आलम विजेता घोषणा भएका हुन्। उनले १५० सिसी पल्सर मोटरसाइकल खरिद गरेका थिए । हजारौँ मोटरसाइकल खरिदकर्ताले भरेको चिठ्ठा मध्ये एक भाग्यशाली विजेता बन्दै आलमले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका हुन् ।
बजाजले ग्राहकको अनुभवलाई अझ रमाइलो, इन्टरएक्टिभ र लाभदायक बनाउन डिजिटल प्रविधिको प्रयोगसहित ‘खुसीको मिटर’ क्याम्पेन सुरु गरेको थियो। यस अभियानमा सहभागीले विशेष डिजिटल गेम खेल्ने अवसर पाएका थिए, जसबाट उनीहरूले घरमै बसी नगद पुरस्कार र विभिन्न आकर्षक उपहारहरू जित्न सक्थे।
कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेका अनुसार, “‘खुसीको मिटर’ क्याम्पेन केवल प्रचार मात्र नभई, मोटरसाइकल किन्ने अनुभवलाई रमाइलो बनाउन गरिएको प्रयास हो।’, उनले भने, ‘हामी विजेता मोसीम आलमलाई बधाई दिन चाहन्छौं र सबै सहभागीलाई धन्यवाद दिन्छौं।’
विजेता आलमले पनि आफ्नो प्रतिक्रिया दिँदै भने, “सुरुमा त मलाई विश्वासै लागेन। तर पक्का भएपछि अत्यन्त खुसी लाग्यो। बजाज मेरो लागि सधैं विश्वासिलो ब्रान्ड हो। ‘खुसीको मिटर’ अभियानमार्फत यो जित अझ विशेष बन्यो।”
कम्पनीका अनुसार, आगामी दिनमा पनि ग्राहकलाई केन्द्रमा राखी यस्ता डिजिटल र इनोभेटिभ अभियानहरू सञ्चालन गरिनेछ।
प्रतिक्रिया