काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा बियरिस ट्रेन्ड कायम रहेको छ ।
निरन्तर दाहोरो अंकले घटिरहेको नेप्से बुधबार १३.९६ अंकले घटेर २६२०.२७ बिन्दुमा पुगेको हो । यसअघि आइतबार ११.५३ अंक, मंगलबार १४.८७ अंक र आज बुधबार १३.९६ अंकले बजार घटेको हो । यो सातामा मात्रै नेप्से परिसुचक ४०.३७ अंकले घटेको हो ।
बुधबार कारोबारमा आएका ३१५ वटा कम्पनी मध्ये ६२ वटा कम्पनी सेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसुचकमा गिरावट आएता पनि ओम मेघाश्री फर्मासिटिकल्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यस्तै पिपुल्स पावरको सेयर मूल्य ७.८८ प्रतिशत, उपकार लघुवित्तको सेयर मूल्य ६.३१ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ५.६६ प्रतिशत र लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.१५ प्रतिशतले बढेको छ ।
यता, गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.७१ प्रतिशतले, बाराही हाइड्रो पावरको सेयर ९.२६ प्रतिशत, क्रेष्ट माइक्रो सेयर मूल्य ७.५५ प्रतिशत र बुटवल पावरको सेयर मूल्य ६.१२ प्रतिशतले घटेको छ ।
समूहगत आधारमा अन्य समूह २.४६ प्रतिशत र विकास बैंक समुह १.१९ प्रतिशतले बढ्दा अरु सबै समूह घटेको छ ।
आज १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर १ लाख १२ हजार ५७७ पटक किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी रादी विद्युतको ५९ करोड ३२ लाख ९५ हजार ८१६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा क्रेष्ट माइक्रो इन्स्योरेन्सको सबैभन्दा बढी २३ हजार ७८९ पटक सेयर कारोबार भएको छ ।
प्रतिक्रिया