एनएमबी क्यापिटलले ३ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने


काठमाडौँ । एनएमबी क्यापिटलले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ग्रामीण महिला उत्सुकता विकास मञ्चको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको नियम बमोजिम संस्थापक सेयर बिक्री गर्दा संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । जसअनुसार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले आवेदन दिन सक्ने छन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले बिहीबार (जेठ १) गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौँमा निवेदन दिन सक्ने छन् ।

तोकिएको समय अवधिभित्रमा संस्थापक सेयरधनीहरुबाट सम्पूर्ण शेयर खरिदमा आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।