सेयर बजार लगातार ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिदैँ


काठमाडौँ । सेयर बजार परिसुचक नेप्से निरन्तर ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिदै गएको छ ।

कारोबारको सुरुआती दिन आइतबार नेप्से ११.५३ अंकले घट्दा कारोबार रकम १० अर्ब २० करोड २७ लाख रुपैयाँ पुगेको थियो । साताभर नै ओरालो यात्रा तय गरेको नेप्से आज अन्तिम दिन बिहिबार नेप्से ८.४१ अंकले घटेर बन्द भएको छ । यससँगै कारोबार रकम खुम्चिएर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ पुगेको हो ।

बिहिबार कारोबारमा आएका ३२० वटा कम्पनी मध्ये ८२ वटाको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयर बजार घट्दा पनि ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै उपकार लघुवित्तको सेयर मूल्य ९.६२ प्रतिशत, बाराही हाइड्रो पावरको सेयर मूल्य ८.९४ प्रतिशत, सोल्टी होटलको सेयर मूल्य ८.०५ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५.२४ प्रतिशतले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६५ प्रतिशत, जोशी हाईड्रो पावरको सेयर मूल्य ७.०६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.९८ प्रतिशत, सिन्धु विकास बैंकको सेयर मूल्य ५.६९ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२७ प्रतिशतले घटेको छ ।

समूहगत आधारमा, होटल तथा पर्यटन समूह ४.९१ प्रतिशत र व्यापार समूह ०.७० प्रतिशतले बढ्दा अरु सबै समूह घटेको छ ।

यस्तै बिहिबार बारोबार रकमका आधारमा सोल्टी होटलको सर्वाधिक ४६ करोड १९ लाख १५ हजार ५१० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८ हजार ३९५ पटक किनबेच भएको छ ।

प्रकाशित मिति: १ जेठ २०८२, बिहीबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।