नयाँ वर्ष सुरु भएपछि तेस्रो चोटी सेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौँ । नयाँ वर्ष सुरु भएपछि सेयर बजार तेस्रो चोटी दोहोरो अंकले बढेको छ । लगातार ओरालो लागेको सेयर बजार सोमबार १९.३० प्रतिशतले बढेर २६२८.३६ बिन्दुमा पुगेको हो ।

यसअघि सेयर बजार नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते २७.१४ अंकले बढेको थियो । यस्तै नेप्से परिसुचक वैशाख २४ गते ६२.३२ प्रतिशतले बढेको थियो । त्यसपछि पुरानै लयमा फर्केको सेयर बजार आइतबार बढेको छ । नयाँ वर्षमा केही आशा देखिएको सेयर बजार त्यसपछि फेरि ओरालो लागेको थियो ।

आइतबार कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७१ हजार २८७ पटक किनबेच हुँदा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से बढ्दा सप्तकोशी डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिन्धु विकास बैंक र ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । तेह्रथुम पावरको सेयर मूल्य ९.९८ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ ।

यता, विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै छ्याङदी हाइड्रो पावरको सेयर मूल्य ४.४० प्रतिशत, क्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.३९ प्रतिशत, १०.३५ प्रतिशत कृषि विकास बैंकको डेभेन्चर २०८३ मा ३.८६ प्रतिशतको गिरावट आउँदा बिन्ध्यवासीनी हाइड्रो पावरको सेयर मूल्यमा ३.६७ प्रतिशतले घटेको छ ।

समूहगत आधारमा होटल तथा पर्यटन समूह १.२४ प्रतिशतले घट्दा बाँकी सबै समूह उकालो लागेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १.८८ प्रतिशत, बैंकिङ्ग समूह १.१७ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युतको ५९ करोड ७६ लाख ३५ हजार ६९८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार संख्याको आधारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४ हजार ३७० कित्ता सेयर किनबेच भएको छ ।

यो सँगै जम्मा बजार पुँजीकरण ४३ खर्ब ७२ अर्ब ९६ करोड ५ लाख ८२ हजार २८६ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ५ जेठ २०८२, सोमबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।