मन्त्रीपरिषद्को बैठक सुरु, मुलुकले १८औँ गर्भनर केहीबेर मै पाउने


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

यससँगै मुलुकले केही बेरमै १८औँ गर्भनर पाउनेछ । मन्त्रीपरिषद्को बैठक अघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको सिफारिस समितिको बैठकले पहिलो नम्बरमा डा. विश्वनाथ पौडेल, दोस्रोमा डा. निलम ढुङ्गाना र तेस्रोमा दिनेशराज भट्टराईलाई गर्भनर पदका लागि सिफारिस गरेको थियो ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

२५ चैतदेखि नेतृत्वविहीन रहेको राष्ट्रबैंकमा नयाँ गभर्नर चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर सिफारिस प्रक्रिया अघि बढाएको हो ।

 

प्रकाशित मिति: ६ जेठ २०८२, मंगलबार  १८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।