५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको निर्णय


काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आजै मात्र नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका उनले पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै उनले भने, ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’।

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् ।

प्रकाशित मिति: ७ जेठ २०८२, बुधबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।