हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ। जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्ने सक्ने छन् ।

कम्पनीले जेठ २५ गते साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२४ प्रतिशत नगद गरी कुल ४।७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेगर्नेछ ।

 

प्रकाशित मिति: ८ जेठ २०८२, बिहीबार  ०८ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।