काठमाडौँ । सोरु गाउँपालिका मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल्लसहित ईन्जिजियर प्रकाश आचार्य, सव–ईन्जिनियर मनोज धामी, लेखापाल जेठ बहादुर बुढा, योजना शाखा प्रमूख नविन बुमी , उपभोक्ता समितिका पदाधिकारीहरु विरुद्ध समान २३ लाख २२ हजार ८३२ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।
आयोगले शहीदगेट कोट सडकखण्ड निर्माणमा अनियमितता गरेको ठहर गरेको छ । उक्त निर्माण योजना उपभोक्ता समिति गठन गर्नूपूर्व नै योजनाको सम्झौता गरि कार्यदिशा दिएको स्वीकृत लागत बमोजिम काम नगरि प्राविधिक मूल्याङ्कनमा कार्य सम्पन्न गरेको कागजात मिलाई भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
उक्ता योजनामा २३ लाख २२ हजार ८३२ रुपैयाँ गैरकानुनी रुपमा लेनदेन गरी गाउँपालिकालाई नोक्सानी पुर्याएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
प्रतिक्रिया