काठमाडौँ । नेशनल लघुवित्तले ७० हजार १६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
संस्थाले संस्थापक सेयरधनीहरुको नाममा काठमाडौँ, भक्तपुर र झापा शाखा रहेको संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।
संस्थाले राष्ट्र बैंकको एकीकृत निर्देशिका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्रामिकता संस्थापक सेयरधनीहरुलाई दिन लागेको जनाएको छ ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र के कति कित्ता सेयर खरिद गर्ने हो सोको विवरण खुलाएर निवेदन पेश गर्न भनिएको छ ।
उक्त अवधिभित्र संस्थाक सेयरधनीहरुको आवेदान नपरेमा कानुन बमोजिम अन्य व्यक्ति तथा सस्थालाई सेयर बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया