विद्युतिय सवारी साधन : १० महिनामा १४ देशबाट भित्रिदा चीनको हिस्सा ७४.६ प्रतिशत


काठमाडौँ । चालु आर्थिक वष २०८१\८२ को १० महिनाको अवधिमा १४ देशबाट विद्युतिय सवारी साधन (इभी) आयात भएका छन् ।

नेपालमा भारत, चीन, जापान, सेनेगल, इन्डोनेसिया, अमेरिका, दक्षिण कोरिया, थाइल्यान्ड, जर्मन, मलेसिया, कतार सिंगापुर, ताइवान र हङकङबाट मुलुकबाट विद्युतिय सवारी साधन भित्रिने गरेका छन् ।

१४ देशबाट ईभी आयात भएतापनि चीनका सवारी साधनमा ग्राहकहरु आकर्षित भएका छन् । १० महिनाको अवधिमा चीनले आयातको ७४.६ हिस्सा ओगटेको छ ।

१० महिनामा चालु आवको वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात हुँदा चीनबाट मात्रै ७ हजार ३ सय ५३ वटा ईभी आयात भएका हुन् ।

चीनपछि सबैभन्दा धेरै गाडि भारतबाट आयात भएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा भारतबाट ४ अर्ब ६९ करोड २८ लाख रुपैयाँ बराबरको २ हजार ४ सय ११ ईभी आएका छन् । जसवापत सरकारले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, इन्डोनेसियायाबाट ५५ लाख ७५ हजार रुपैयाँ बराबरको ईभी आयात भएका छन् । जसवापत सरकारले २४ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सारको तथ्यांक अनुसार यस अवधिमा ५० किलोवाटसम्मका ५ अर्ब ९८ करोड३ लाख रुपैयाँ बराबरको ३ हजार ३६९ युनिट ईभी आयात भएको छ भने ५१ देखि १०० किलोवाटसम्मका १३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ बराबरको ५ हजार ५३४ युनिट ईभी भित्रिएका छन् ।

यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३ अर्ब १० करोड ५३ लाख रुपैयाँ बराबरको ९२७ युनिट, २०१ सयदेखि ३०० किलोवाटसम्मका १३ करोड ३९ लाख रुपैयाँ बराबरको १८ युनिट र ३ सय किलोवाटमाथि क्षमताका ८३ लाख रुपैयाँ बराबरको २ युनिट ईभी नेपाल भित्रिएको विभागले जनाएको छ ।

ईभी आयातबाट मात्र सरकारले १० महिनामा १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै राजस्व संकलन ५१ देखि १०० किलोवाटसम्मका गाडि आयातबाट भएको छ । ५१ देखि १०० किलोवाटसम्मका गाडि आयातबाट सरकारले ८ अर्ब ८० करोड ३ लाख रुपैयाँ राजश्व सकलन भएको छ ।

यता, चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ४२ हजार १ सय २ वटा सम्पूर्ण विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यो अवधिमा ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ बराबरको ४२ हजार १ सय २ वटा (भ्यान, कार, जीप, मोटरवाइक, साइकल) आयात भएका हुन् ।

जबकि गत आवको सोही अवधिमा २८ हजार ८ सय ५६ वटा विद्युतीय सवारी आयात भएका थिए । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष १३ हजार २ सय ४६ वटा थप विद्युतीय सवारी भित्रिएका हुन् ।

नेपालमा चीन र भारत लगायत इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिका जस्ता देशबाट पनि ईभी आयात हुने गरेको छ ।
यसैबीच नेपालले १० महिनामा ५८ वटा हाइब्रिड गाडी नेपालमा आयात गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थ र विद्युतीय दुवै स्रोतबाट चल्ने ११ वटा प्लगइन र ४७ वटा प्लगआउट गाडी नेपालमा आयात भएको हो ।

२४ करोड ४४ लाख रुपैयाँको हाइब्रिड गाडी आयातबाट सरकरले ५८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।