बैंक सम्बन्धि ऐनलाई समयानुकुल बनाउन जरुरीः महासंघ अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐनका केही दफाहरुले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्ने बताएका छन् ।

सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले विधेयकको दफा २ को ‘च’ मा भएको व्यवस्थाले बैङक तथा बित्तीय संस्थाको तर्फबाट कारोवार गर्न नपाउने अवस्थामा अर्थतन्त्रलाई संकुचनतर्फ लैजाने बताएका हुन् ।

उनले भने, ‘बैङक तथा बित्तीय संस्था सम्बन्धी यही ऐन रहने हो भने केही दफाले नेपालको अर्थतन्त्रलाई संकुचनतर्फ लग्नेछ । विधेयकको दफा २ को ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा बित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढि सेयर लिएको वा सेयर स्वामित्वले बैंक वा बित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने भनेकामा एक प्रतिशतको ठाउँमा दुई प्रतिशत संशोधनमा राखिएको छ । यो व्यवस्थाले बैंकिङ क्षेत्र मात्र नभई अर्थतन्त्र संकुचनतर्फ जाने भएकाले १ प्रतिशत नै कायम गरिनुपर्छ ।’

‘म बैंकको पनि अध्यक्ष भएको हिसावले भन्नु वा बैंक पनि आफैं चलाउने अनि ऋण पनि आफैं चलाउने भन्ने गलत हिसावको दृष्टिकोण राखिएको छ, यो बुझाई गलत हो ।’ उनले भने ।

सोमबारको बैठकमा बैङक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल भएको थियो ।

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।