वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने क्रम बढ्दो छ । यस्तै प्रलोभन देखाएर क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकी खोटाङ वराहपोखरी ५ की ३४ वर्षय सम्झना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाण्डौंको टोखामा बसोबास गर्दै आएकी उनलाई पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान गरी काठमाण्डौं १६ बाट पक्राउ गरिएको हो ।
थप अनुसन्धान तथा कारवाहीको लागि पक्राउ परेकी राईलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईले एक जनाबाट क्यानडा पठाइदिने भन्दै ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन् ।
प्रतिक्रिया