काठमाडौँ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तोकेको हो ।
हाईड्रोपावरले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार जेठ २१ गते बुधबारसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिद गर्न पाउने छन् ।
हाईड्रोपावरले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।
प्रतिक्रिया