यात्रुको विचल्ली, राइड सेयरिङ एपले उठाउँदै छन् मनपरी भाडा (तस्बिरहरु)


काठमाडौँ । सरकारले राइड सेयरिङ सम्बन्धी कार्यविधि ल्याउन लागेको भन्दै असन्तुष्ट बनेका यातयात व्यवसायीले यातयात सेवा नै ठप्प पारेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सेवा ठप्प पारेका व्यवसायीले आजदेखि देशभर नै यातायात सेवा ठप्प पारेका हुन् । जसले गर्दा सधैँ व्यस्त सडक आज सुनसान देखिएको छ ।

एउटा पनि सार्वजनिक सवारी साधन नहुँदा सडकमा बाइक र ट्यासीले नै भरिएको जस्तो देखिएको छ ।

उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले आफ्नो माग पुरा नभएसम्म कुनै पनि सवारी साधन नचलाउने र एक हप्तासम्म पनि माग पुरा नभए सरकारलाई ताला चाँबी बुझाउने बताएका छन् ।

जसले गर्दा यात्रुको विचल्ली भएको छ । अफिस, स्कुल, कलेज र काम विषेशले घर बाहिर निस्किनु पर्नेहरु अलपत्र परेका छन् । बस स्टपहरुमा गाडि कुर्नेहरुको चाप देखिएको छ ।

 

यातयात व्यवसायीहरुले सेवा ठप्प पार्दा त्यसको फाइदा भने राइड सेयरिङ एपहरुले लिइरहेका छन् । प्रत्येक बस स्टपहरुमा पठाओ, इनड्राइभ जस्ता राइडरहरुसँग यात्रु बार्गेनिङ गरिरहेका छन् ।

अनलाइनबाट अडर गर्दा २५० रुपैयाँमा पुगिने ठाउँमा उनीहरुले ४०० देखि ५०० रुपैयाँसम्मको बार्गेनेङ गरिरहेका छन् ।

यता, आफैँ मर्ने भएपछि सात वटै प्रदेशहरुमा सवारी साधन ठप्प पारिएको यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

जसको विरोधमा तपाईहरु आन्दोलन गर्दै हुनु हुन्छ, तपाईहरुको आन्दोलनले अहिले तिनै निजि सवारी साधनले नै महंगो भाडा लिएर मौका छोपिरहेका छन् नि भन्ने नोटबजारको प्रश्नमा उनले भने,‘ हामीलाई त्यसमा कुनै आपत्ती छैन । यो विषयमा यात्रु ठगेको विषयमा सरकारले नियमन गर्नुुपर्छ । हामीले आफ्नो माग राखेका हौँ ।’
आफुहरुले पहिलादेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएकोमा सरकारले नसुनेपछि आफुहरुसवारी साधन ठप्प पार्ने अवस्थामा आएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।