लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न इन्स्पायर क्लिन इनर्जीले बोलायो साधारणसभा


काठमाडौँ । ईन्स्पायर क्लिन इनर्जी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैंठकले असार १० गते कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरी लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

त्यस्तै, चालु आव २०८१\८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी अनुमोदन गर्नेछ ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।