दोर्दी खोला जलविद्युतको शेयरमा आवेदन दिने म्याद थप


काठमाडौँ । दोर्दी खोला जलविद्युत आयोजना लिमिटेडले सेयर बिक्रीको म्याद थप गरेको छ ।

कम्पनीले जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन खुला गरेकोमा जेठ १८ गते सार्वजनिक बिदा परेकोले थप एक दिनको लागि आवेदन थप गरेको हो । कम्पनीको सेयरमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रति शेयर १०० का दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री गर्न आवेदन माग गरेको थियो । जसमा अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले बिक्रीमा राखेको कुल कित्ता शेयर मध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेको छ । लकलाइनमा नरहेको साधारण समूहकै ४ लाख ९५ हजार ६७९ कित्ता सेयर बिक्रीमा छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।