केई मोटर्सको ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ र वृक्षारोपण कार्यक्रम सम्पन्न


केई मोटर्सका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इ मोबिलिटी र जी ओ अटोमोबाइल्सले ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको जीवन्त र पर्यावरण ग्राहक सचेतना कार्यक्रम आयोजना गरेको छ । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू सहित ८० भन्दा बढसहभागि भएको कम्पनीले जनाएको छ । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय जिम्मेवारी मनाउनुका साथै ग्राहकहरू, प्रकृति उत्साहीहरू, र दिगोपनका पक्षधरहरूलाई एकसाथ समेटेको कम्पनीको भनाई छ ।

कार्यक्रममा केई मोटर्सका विद्युतीय कारहरु एक्स थ्री प्रो, इ कुट ०२, इ कुट ०४ मोडेलहरूको काफिला प्रस्तुत गरिएको थियो, जसले दिगो यातायातप्रति ब्रान्डको प्रतिबद्धता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।

थापाथलीबाट सुरु भएको र्‍याली गोदावरी पुगेर सहभागीहरूले मार्बल हिल्सको पदयात्रा गरेका थिए । यात्रा केवल ड्राइभ मात्र नभई हरियो मूल्य, प्रकृति प्रशंसा र वातावरणीय जिम्मेवारीको उत्सव भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख आकर्षण वृक्षारोपण कार्यक्रम रहेको जनाउँदै कम्पनीले सामूहिक रूपमा ७० भन्दा बढी रूखहरू रोपिएको र यसले हरियाली भविष्यको लागि ब्रान्डको प्रतिबद्धतालाई सुदृढ बनाएको उल्लेख गरेको छ । वृक्षारोपण पहलको उद्देश्य कार्बन फुटप्रिन्टहरू अफसेट गर्नु र स्थानीय पारिस्थितिक प्रणालीमा सकारात्मक योगदान पुर्‍याउनु थियो।

विद्युतीय गतिशीलतालाई वातावरणीय पहलसँग मिसाएर, केईले सफा, हरियाली भविष्यलाई प्रवर्द्धन गर्न पहल गरेको र यसले परिवर्तनलाई अगाडि बढाउन सक्ने सन्देश दिएको जनाएको छ ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।