दरमखोला हाइड्रो इनर्जीले पायो आइपिओ निष्काशनको स्वीकृति


काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक साधारण शेयर निष्काशनको अनुमति पाएको छ ।

कम्पनिले मंगलबार बोर्डमा शेयर निष्काशनको अनुमति पाएको हो ।

कम्पनिले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दैछ । जुन कम्पनीको चुक्ता पुँजीको ३८.३३ प्रतिशत हो ।

कम्पनीले अंकित मूल्य १०० का दरले शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

कम्पनिले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रकाशित मिति: २० जेठ २०८२, मंगलबार  १८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।